राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

145 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको छ । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ ।

विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउनुभएको थियो । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट १ साउन अर्थात् सोमबारदेखि कार्यान्वयन हुनेछ ।