सार्वजनिक यातायातको भाडा आजदेखि घट्यो

160 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा सोमबार आजबाट घटाएको छ ।

आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेपछि त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।

यातायातको घटाएको भाडादर सोमबारदेखि नै लागू हुने यातायात ब्यवस्था विभागले जनाएको छ ।