धादिङका चार गाउँपालिकाले पारित नगरेकै होत आ.व.२०८०/८१ को बजेट हेर्नुहोस मन्त्रालयको वेभसाईडमा देखिएको बिबरण ( स्क्रिनसट गरेको समय २०८०/०४/१ गते राती ११.०० वजे)

2193 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङका १३ मध्ये ४ वटा स्थानीय तह (पालिका)ले आर्थिक बर्ष २०८०/८१ को वजेट पेश र पारित नगरेको बिबरण सार्वजनिक भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वजेट अपडेट पोर्टलमा धादिङका ४ गाउँपालिकाले वजेट पेश नभएको बिबरण राखिएको छ ।

मन्त्रालयको पोर्टलमा उल्लेख भए अनुसार धादिङको खनियबास,त्रिपुरासुन्दरी,थाँक्रे र नेत्रावती डवजोङ गाउँपालिकाको वजेट पेश नभएको र पारित पनि नभएको भनेर जनाईएको छ ।

मन्त्रालयले २०८० श्रावण ०१ गते सार्वजनिक गरेको बिबरण अनुसार धादिङका ४ गाउँपालिकामा आर्थिक बर्ष २०८०/०८१ को वजेट पेश र पारित भएको बिबरण मन्त्रालयको प्रणालीमा प्रविष्टि (इन्ट्री) हुन नभएको देखिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को उपदफा एक र पाँच बमोजिम असार १० गते भित्र नगर तथा गाउँ सभामा पेश भएको वजेट सोही दफाको उपदफा ६ बमोजिम असार मसान्त भित्र सभाबाट पारित गरिसक्नु पर्ने व्यवस्था रहेको छ । धादिङका ४ गाउँपालिकाले साँच्चै वजेट पास नगरेका हुन या वजेट पास गरेर पनि मन्त्रालयको पोर्टलमा अपडेट गराउन नचाहेका हुन यस बारेमा केही केही खुल्न सकेको छैन । मन्त्रालयको पोर्टलमा वजेट पारित भएका पालिकाको हकमा भने बजेट पेश गरिएको मिति समेत उल्लेख गरिएको छ ।