आजदेखि मलमास अर्थात् पुरुषोत्तम मास सुरू

168 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज मंगलबारदेखि मलमास अर्थात् पुरुषोत्तम मास सुरू भएको छ ।

मंगलबारदेखि सुरू भएको मलमास साउन ३१ गतेसम्म रहने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास अथवा मलमास भन्ने गरिन्छ ।

एकै महिनाभित्र दुई वटा औंसी तिथि परेमा उक्त महिनालाई मलमासमा गणना गर्ने गरिन्छ । मलमासमा गरिएका धार्मिक कार्यले फल नदिने धार्मिक मान्यता छ ।

यो महिनाभर भगवान् विष्णु अर्थात् पुरुषोत्तमको आराधना गर्ने परम्परा रहेको छ । मलमासका कारण यस वर्षका चाड पर्वहरु पछि धकेलिएका छन् ।