प्रधानमन्त्री प्रचण्डले ७ गतेदेखि इटालीको भ्रमण गर्ने

482 पटक पढिएको

३ श्रावण २०८०, बुधबार १३:२५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ गते गतेदेखि इटालीको भ्रमण गर्नुहुने भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो । समिट जुलाइ २४,२५ र २६ मा इटालीमा हुँदैछ ।

त्यस्तै, सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर लाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

मन्त्री शर्माले आजको मन्त्रीपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गरेको बताउनु भएको छ ।