च्याँडुमा पहिरो, धादिङबेसी मलेखु सडक अबरुद्ध

426 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी-  धादिङको धादिङबेसी मलेखु सडक (कालुपाण्डे मार्ग) पहिरोका कारण अबरुद्ध हुन पुगेको छ । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक खण्डको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ च्याँडु घुम्ती नजिकै पहिरो खसेर सडक अबरुद्ध भएको हो ।

घुम्ती काटेर सडक चौडा बनाएको ठाउँमा पहिरो खसेर बुधवार दिउँसो १२ः३० बजेखदेखि सडकको दुबैतर्फ अवरुद्ध भएको डिभिजन सडक कार्यालय नुवाकोटका सुपरभाईजर अर्जुन सापकोटाले जानकारी दिए ।

पहिरो खसेपछि मलेखु धादिङबेसी सडक खण्डमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ । डोजरले पहिरो पन्छाईरहेको भएपनि ठुला ठुला ढुंङ्गा सहितको पहिरो खस्नेक्रम जारी रहेकाले तत्काल पहिरो पन्छाएर सडक खुलाउन स्काभेटरको खोजी भईरहेको सापकोटाले वताए ।