प्रकाश सपुतको ‘दमाई महाराज’ मा छुवाछुत तथा भेदभावविरूद्धको आवाज (भिडियोसहित)

339 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लोक तथा दोहोरी गायक प्रकाश सपुतको ‘दमाई महाराज’ सार्वजनिक भएको छ। भिडियोसहित सार्वजनिक गीतमा गायक सपुतसंगै गायिका शान्तिश्री परियारको स्वर रहेको छ । शुक्रबार सपुतले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका हुन्।

उक्त गीतलाई सुन्ने र हेर्ने दर्शकश्रोताले सोचे र पर्खिएकोजस्तो नभएको भन्दै विभिन्न किसिमका टिकाटिप्पणी दिइरहेका छन् । कथाबस्तु निकै सुस्त बनाइएको गीतमा दर्शकश्रोताको प्रतिक्रिया अनुसार पर्खाइमाथि न्याय गरेको देखिदैँन । गीतसंगीतको माध्यमबाट जातीय विभेदविरूद्ध काम गर्ने बताएका सपुतले गीतमार्फत छुवाछुत तथा भेदभावविरूद्ध आवाज उठाएका छन्। गीत यहि विषयलाई मूख्य कथा बनाइएको छ ।

सपुतको शब्द तथा संगीत रहेको गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन्। गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ। मदनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडियोमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

भिडियो हेर्न तलको लिन्कमा थिच्नुहोला ।