इटहरीमा ४ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

182 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धरान । सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

इटहरीमा ४ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने एकजना गम्भिर घाईते भएका छन् । शुक्रबार राति करिब ११ बजे इटहरी इटहरीको कान्छी चोकमा २९ प ३७१२ नम्बरको मोटरसाईकल भारतीय डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअफ भ्यानसँग ठोक्एिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इटहरी १६ का २४ वर्षीय अनिनेश चौधरी, २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनामा परि २७ वर्षीय प्रेमलालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ ।