संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री इटाली प्रस्थान

154 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन उनी शनिबार साँझ त्यसतर्फ गएका हुन् ।

प्रधानमन्त्रीसँग कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र प्रधानमन्त्रीपुत्री गंगा दाहाल पनि भ्रमण टोलीमा छन् ।

प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले इटालीमा संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनमा नेपाल सरकारका तर्फबाट उनले औपचारिक रूपमा आफ्नो धारणा राख्नेछन् ।