बालक्लबका प्रतिनिधिलाई आधारभूत प्राथमिक उपचार तालिम

179 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थाक्रे गाउँपालिका वडा नं. १ देखि ८ का माध्यमिक बिद्यालयका बालक्लबका प्रतिनिधीहरुका लागि आधारभूत प्राथमिक उपचार सम्वन्धि पाँच दिने तालिम सम्पन्न भएको छ । साउन १ देखि ५ गते (सम्म थाक्रे गाउँपालिका वडा नं. ६, महादेबबेशींमा संचालन गरिएको तालिम एकीकृत सामुदयिक विकास अभियान नेपाल र एक्सनएड्को नेपालको सहयोगमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम को आयोजनामा भएको हो ।

नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सिमोलेटर एवं प्रशिक्षक कृष्ण प्रसाद अधिकारी र स्थानीय अधिकार कार्यक्रम कार्यक्रम संयोजक रमेश अधिकारीले आधारभूत प्राथमिक उपचारका वारेमा सहजीकरण गर्नुभएको थियो ।
तालिममा थाक्रे गाउँपालिका वडा नं. १ देखि ८ सम्मका माध्यमिक विद्यालयका २६ जना बालवालिकाको सहभागीता रहेको थियो ।
एकीकृत सामुदयिक विकास अभियान नेपालले एक्सनएड्को सहयोगमा धादिङ जिल्ला थाक्रे गाउँपालिकामा स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ । गुणस्तरीय शिक्षा, जीविकोपार्जन, विपद र हिंसा लाई मुख्य बिषय बनाएर कार्यक्रम सञ्चालन भईरहेको छ । सरकारी विद्यालयमा हुने ढिलासुस्ती, सामाजिक लेखापरीक्षण, विद्यालय सुधार योजना, शिक्षक तालिमको अभाव, शैक्षिक सामाग्रीको अभाव, भएको शैक्षिक सामाग्रीको प्रयोग नहुनु, प्रभावकारी शिक्षण नगर्नु लयागतका कारणले शिक्षामा गुणस्तर नहुनु, दैनिकी आधारभुत आवश्यकता जोहो गर्न नसक्ने बिषयमा पनि कार्यक्रमले सचेतीकरण गर्दै आईरहेको कार्यक्रम अधिकृत दिल वहादुर रम्तेलले वताउनु भयो ।