वर्षाका कारण पहिरो खस्दा मुग्लिन सडक खण्ड अवरुद्ध

139 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेकोले सडक अवरुद्ध भएको हो ।

उक्त सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर पानी परिरहेकाले समस्या भएको छ । थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पन्छाइसक्न समय लाग्ने प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिनुभयो । सडक विभागका अनुसार अहिले देशभरका अरु ७ वटा सडक बन्द छन् ।