कांग्रेसमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा छैन : विमलेन्द्र निधी

80 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कांठमाडौं । नेपाली कांग्रेसा नेता विमलेन्द्र निधीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको जिकिर गर्नुभयो ।

पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको पनि उहाँको भनाइ छ । यस्तै उहाँले संविधानको सफल कार्यान्वयन र जनता र देशको हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको बताउनुभयो ।