साउदी क्लब अल हिलालद्वारा एमबाप्पेलाई कीर्तिमानी रकमको प्रस्ताव

117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड केलियन एम्बाप्पेलाई साउदी क्लब अल हिलालले कीर्तिमानी रकमको प्रस्ताव गरेको छ ।

साउदी प्रो लिग क्लब अल हिलालले फ्रान्सेली फरवार्ड अनुबन्धनका लागि २ सय ५९ मिलियन पाउण्डको प्रस्ताव गरेको हो ।

२४ वर्षका फरवार्डको पीएसजीसँगको सम्झौता सकिन एक वर्ष बाँकी छ । एमबाप्पेले पीएसजीसँग सम्झौता नविकरण नगर्ने बताईसकेका छन् । सोही कारण पीएसजीले एमबाप्पेलाई जापान भ्रमणको टिमबाट बाहिर राखेको छ । र फ्रान्सेली फरवार्डलाई बेच्न तयार रहेको जनाएको छ ।

अर्को समर ट्रान्सफरमा निशुल्क छाड्नु भन्दा पीएसजी कुनै हालतमा यसै सिजन एमबाप्पेलाई बेच्न खोजेको छ ।