त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा पोखरेलको स्थानमा टोकराज
307 पटक पढिएको
काठमाडौं। त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका प्रमुखको जिम्मेवारी फेरिएको छ। एक क्विन्टल सुन प्रकरणपछि अर्थ मन्त्रालयले अरुण पोखरेलको स्थानमा सहसचिव टोकराज पाण्डेलाई भन्सार प्रमुखको जिम्मा दिएको छ।
पोखरेल विगत २ महिनादेखि विदामा रहेका छन्। सरकारले पाण्डेलाई केही दिनअघिमात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा गरेको थियो।







