निर्वाचनको खर्च विवरण नबुझाउने यी उम्मेदवारलाई जरीवाना (सूचीसहित)

86 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । मंसिरमा सम्पन्न निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई आयोगले जरीवाना गरेको छ ।

गत वर्ष मंसिरमा सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभामा उम्मेदवार बनेकाहरुलाई खर्च बिकरण नबुझाएको भन्दै आयोगले जरीवान गर्ने निर्णय गरेको आयोगले जनाएको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३९८ गरी कूल २ हजार ४३५ जना उम्मेदवारहरु रहेका छन् ।

आयोगले उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको हो । गगन थापा, शेरधन राई, राजन भट्टराई,सोविता गौतम, गिरिराजमणि पोखरेल, महेन्द्रराय यादव, विजय गच्छदार लगायतका उम्मेदवारहरूलाई खर्च विवरण नबुझाएकोमा आयोगले जरिवाना तोकेको छ । जरीवाना गरिएका सबैलाई ७ दिनभित्र खर्च बुझाउन पनि आयोगले निर्देशन दिएको छ ।