भष्ट्राचार नियन्त्रणमा सरकार जरोसम्म पुग्न सकेन : रवि लामिछाने

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन प्रकरण वर्षैदेखि हुँदै आएको बताउनुभएको छ ।

आजको संसद बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका लामिछानेले सरकारले सुन प्रकरण वर्षैदेखि हुँदै आएको सेटिङ मध्ये अर्को एउटा सेटिङ भएको आरोप लगाउनुभयो ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन काण्डबारे आइपुग्दा यसमा जनता अचम्मित नभएको र भष्ट्राचारबारे बानी परिसकेको समेत उहाँको भनाइ छ । जुनसुकै प्रकरणमा सरकारले फाइल खोले पनि जरोसम्म नपुगेको उहाँले बताउनु भएको छ ।