प्रतिनिधिसभा बैठक स्थगित

79 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बसेको बैठकका बिचमै एमालेले अवरोध गरेपछि साउन १५ गतेसम्मका लागि बैठक स्थगित भएको हा।

बैठकमा एमालेले अवरोध गरेपछि बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको हो । सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको भन्दै एमालेले उनको राजीनामा मागेको छ ।

साथै, एमालेले उच्चस्तरीय संसदीय छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएको छ ।