कोशी सरकार गठन बिवादको रिट आज पनि हेर्दाहेर्दैमा

76 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज अन्तीम बहस सकीए पनि फैसला लेखनको लागि अध्ययन गर्न समय अभाव भएको भन्दै उक्त रिट निवेदन हेदाहेर्दैमा राखिएको हो ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षर समेत संलग्न गरि उद्धव थापा नेतृत्वको सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । यसअघि सर्वोचचले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।