राष्ट्रिय सभा बैठक जारी, गृहमन्त्री श्रेष्ठको राजीनामा माग
291 पटक पढिएको
काठमाडौँ । राष्ट्रिय सभा बैठकमा पुनः सुरु भएको छ । आधा घण्टाकालागि रोकिएको बैठक जारी छ । जारी बैठकमा नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उहाँमाथि अनुसन्धान गर्न माग गरेको छ ।
बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठको समेत संलग्नता रहेको आरोप लगाउँदै अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्नुभयो ।
यस्तै उहाँले संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रिय सभाका सदस्यलाई पनि सामेल गर्नुपर्ने बताउनुभयो ।
नेता दाहालले सरकारले नै तस्करीलाई सहयोग गरेकोले छानबिन गर्न नसक्ने भन्दै सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्नुभयो ।







