चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा छापा मार्दा भेटियो दारी काट्ने मेशिन १ सय कार्टुन

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकले लिएको भाडाको गोदाममा प्रहरी र राजश्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।

आज प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको गोदाममा छापा मारेको हो । सो क्रममा दारी काट्ने मेशिन १ सय कार्टुन फेला पारिएको छ । प्रहरी र विभागको टोलीले अहिले थप अनुसन्धान गरिरहेको छ ।