प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने राप्रपाका अध्यक्षको भनाइ

419 पटक पढिएको

११ श्रावण २०८०, बिहीबार १८:२६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश संरचना र राष्ट्रिय सभा खारेज गर्नुपर्ने बताउनुभएको छ ।

कृषकलाई प्रोत्साहन गर्न दोलखा जिल्लास्थित सैलुङको आलु उच्चस्तरीय राजनीतिक दलहरुलाई उपहार दिने क्रममा दोलखाबाट आएको टिमलाई बिहीबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा भेट गर्ने क्रममा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै अध्यक्ष लिङ्देनले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको स्थायित्वका तीन पिल्लरमध्ये राजसंस्था र हिन्दुराष्ट्र हटाइएको र अन्तिम खम्बाको रुपमा रहेको नेपाली सेनामाथि पनि आक्रमणको प्रयास भइरहेको बताउनुभयो ।