सुन आज तोलामा नौ सयले घट्यो

259 पटक पढिएको

१२ श्रावण २०८०, शुक्रबार १२:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा लगातार बढेर तोलाको एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज शुक्रवार भने घटेको छ ।

सुन आज तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।