अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

345 पटक पढिएको

१२ श्रावण २०८०, शुक्रबार १५:१४ सम्पादक: धादिङ न्यूज

काठमाडौं। राष्ट्रिय टेलिभिजनमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता शीतल पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार पाण्डेविरुद्ध पक्राउ पुर्जी केही दिनअघि जारी भएको हो।

उनीविरुद्ध  नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ लगायत विभिन्न जातिय संघ संस्थाले जाहेरी दिएको छ। जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।