मिटर व्याजसम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

362 पटक पढिएको

१२ श्रावण २०८०, शुक्रबार १५:३२ सम्पादक: धादिङ न्यूज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विधेयक संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश गरिएको थियो। सो विधेयक प्रमाणीकरणपछि अनुचित लेनदेनलाई (मिटरब्याज) कानुनको दायरामा ल्याउने बाटो खुलेको छ।