सुडानमा शान्ति सेनामा खटिएका नेपाली सैनिक मृत भेटिए
158 पटक पढिएको

काठमाण्डाै – सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक जना नेपाली सैनिक मृत भेटिएका छन् ।
दक्षिण सुडानमा तैनाथ श्री शेर गण बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठा मृत भेटिनुभएको हो ।
जाजरकोटको खलङ्गा घर भएका बाँठा सुडानको रम्बेक गण हेडक्वार्टरमा रहेको वर्कशपमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका नेपाली सेनाले जनाएको छ । घटनाको अनुसन्धान गरेर पोष्टमार्टमपछि उहाँको शव नेपाल ल्याइने सेनाले जनाएको छ ।