माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (शनिबार) अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटरमा अपराह्न ४ बजे पदाधिकारी बैठक बस्न लागेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

आज बस्ने बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ। यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो ।

सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न लागेको उपाध्यायको भनाई छ। साउन १७ गतेदेखि तीन दिनसम्म प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।