कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्ने नेता सिंहको भनाइ

67 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भरतपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताउनुभएको छ ।

चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले यस्तो बताउनुभयो । नेता सिंहले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गर्नुभयो ।

“नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौं । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भन्नुभयो । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उहाँको भनाइ छ ।