धादिङको थांक्रेबाट गाँजासहित शर्मिला पक्राउ

105 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, साउन १४-धादिङको थांक्रेबाट गाँजासहित एक जना महिला पक्राउ परेकी छन्।

शनिबार बिहान साढे ९ बजे थाक्रे गाउँपालिका-२बाट प्रहरीले एक जना महिलालाई पक्राउ गरेको हो।

मकवानपुर थाहा नगरपालिका-७ बस्ने ३१ वर्षीय सर्मिला मगरबाट १९५० ग्राम गाँजा (पोल्यान्ड) बरामद भएको हो।

इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी निरीक्षक डबलबहादुर बमको टोलीले मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा चेक गरेको थियो।

उक्त बसमा सवार मगरको झोला प्रहरीले चेक गरेको थियो। त्यसमा टेपले बेरेको दुई वटा पोका बरामद भएको थियो। उक्त पोका हेर्दा गाँजा फेला परेको कार्यालयले जनाएको छ।