पार्टी संचालनमा फरक पन ल्याउनु पर्छ : प्रकाशमान सिंह

87 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग अनुसार पार्टी संचालनमा फरक पन ल्याउनु पर्ने बताउनु भएको छ ।

आज चितवन पुग्नु भएका नेता सिंहले नेपाली कांग्रेस चितवनद्वारा आयोजित कार्यकर्ता भेटघाटमा एक अर्को लाई दोषारोपण गरेर कोही पनि नेता कतै नपुग्ने भन्दै कांग्रेस पार्टीभित्र आन्तरिक सुधार जरुरी रहेको उल्लेख गर्नुभयो ।

नेता सिंहले एउटा कांग्रेसले अर्को कांग्रेसको नेता कार्यकर्ता बिरुद्ध आरोप–प्रत्यारोप गर्ने गर्नाले कांग्रेस कमजोर हुँदै जान थालेको भन्दै पार्टीलाई मजबुद बनाउन त्यस्तो प्रबृतिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।