एक क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

119 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएको आशंकामा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलस्थित भियाना होटलबाट एक जनालाई पक्राउ गरेको हो ।

विभागले भियाना होटलबाट आज तिब्बती मूलका बेल्जिमयका नागरिक दावा छिरिङलाई पक्राउ गरेको हो । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र भएको बुझिएको छ ।

उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । स्रोतका अनुसार उनको नेपालका केही उच्च नेताहरुसँग राम्रो हिमचिम छ । पछिल्लो पटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभागले जनाएको छ ।

यसैबीच, शनिबार राति टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर विभागले केही सामान बरामद गरेको छ ।