धादिङमा छोरी र भतिजि बलात्कार गर्ने दुई पक्राउ

8504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । १४ साउन – धादिङमा दुई दिनको फरकमा दुई जना पुरुष आफ्नै छोरी र भतिजीलाई जर्वजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । अभिभावक आंफै यस्तो जघन्य अपराधमा संलग्न भएको घटना बाहिर आउँदा समाजले लाज मान्नु पर्ने अबस्था आएको छ ।

आफ्नै छोरीलाई जर्वजस्ती बलत्कार गरेर गर्भवती बनाएको आरोपमा बाबु पक्राउ परेको दुई दिन वित्न नपाउँदै भतिजीलाई जर्वजस्ती करणी गरेको आरोपमा अर्का एक व्यक्ति पक्राउ परेका छन् ।

आफ्नो संरक्षणमा रहेकी १७ वर्षीया भतिजिलाई बलात्कार गरेको आरोपमा शनिवार धादिङमा ३६ वर्षीय एक पुरुष पक्राउ परेका छन् ।

आरोपित पुरुषलाई शनिबार पक्राउ गएिको हो । पक्राउ परेका व्यक्तिलाई प्रहरीले आईतबार हाडनाता जबरजस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

श्रीमतीको हत्या गरेपछि वालिकाको बाबु जेलमा रहेका छन् । चार बर्ष देखि काकाको संरक्षणमा रहँदै आएकि बालिका माथि पटक पटक बलात्कार हुंदै आएको र पछिल्लो पटक ०८० साउन १ गते घरमै काकाबाट बलत्कृत भएको भन्दै पीडित बालिकाले प्रहरीमा उजुरी दर्ता गरेपछि अनुसन्धानका लागि आरोपित पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रका अनुसार पीडितको धादिङ अस्पतालमा शनिबार स्वास्थ्य परिक्षण गरिएको थियो । पिडितलाई मावली पक्षको सहयोगमा धादिङबेसीबाट उद्धार गरिएको र निजले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई शनिबार पक्राउ गरी हिरासतमा लिएर मुद्दाको अनुसन्धान गरिरहेको र पीडितलाई सुरक्षित आवास गृहमा राखिएको छ ।

दुई दिन अघि मात्रै आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक पुरुषलाई धादिङ प्रहरीले पक्राउ गरेको थियो ।

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर १ जिवनपुरस्थित ईट्टा उद्योगमा २०७९ पुषदेखि २०८० बैशाख ११ गतेसम्म मजदुरी गर्ने क्रममा एउटै कोठामा बस्ने बाबुले छोरीलाई पटक पटक जवरजस्ती करणी गरेको आरोप लागेको छ ।
आफ्नै १७ वर्षीया छोरीमाथी पटक पटक जबरजस्ती करणी गर्दा पेटमा बच्चा समेत बसेपछि बाबु फरार भएका थिए । आफ्नै बाबुको गर्भ बोक्नु परेपछि पीडित नावालिकाले न्याय खोज्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
पटक पटक जबरजस्ती करणी हुंदै आएकोमा अहिले नाबालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि घटना बाहिर आएको हो । धादिङको ईट्टा उद्योगमा काम गर्दै आएपनि छोरी गर्भवती भएपछि बाबु भागेर दाङमा गई लुकीछिपि बस्दै आईरहेको खबर पाएपछि प्रहरीले उनको खोजी गर्दै पक्राउ गरेको हो ।

पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकिछिपी बसिरहेको अबस्थामा फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकोले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक जैसवारले जानकारी दिए ।