कलाकार सारुक ताम्राकारको सुसाइड नोटमा भेटियो-मेरै गल्ती हो, कसैलाइ ब्लेम नगर्नु ।

121 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । अभिनेता सारुक ताम्राकारले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोट फेला परेको छ । अभिनेता सारुकको मोबाइल जाँच गर्दा अनुसन्धानका क्रममा उक्त सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ ।
उक्त नोटमा सारुकले कसैलाई दोष नलाउन अनुरोध गरेका छन् । यसमा आफ्नो मात्र दोष रहेको र सबै सकिएको समेत उनले उक्त सुसाइड नोटमा उल्लेख गरेका छन् ।
‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

सारुक कलाकार सानु ताम्राकारका छोरा हुन्। सारुकले ‘इन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ लगायतका फिल्ममा अभिनय गरेका छन्। असार २१ गते मृत भेटिनुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनीसँगै नम्रता श्रेष्ठको मुख्य भूमिका थियो।