प्रतिनिधिसभा बैठक आज बस्दै

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने आजको बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनु हुनेछ ।

यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिेने भएको छ ।

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचि पनि रहेको छ ।