आज साउन १५, खीर खाएर मनाइँदै

110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज साउन १५ गते । यो दिन नेपाली समाजमा खीर खाने दिनका रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिसवका रूपमा मनाउने निर्णय गरेको छ ।

खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो । नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलेको पाइन्छ ।

वर्षा सुरु भएदेखि नै खेतीपातीमा व्यस्त हुने किसानलाई पुनर्जागृत गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ । चामललाई दुधमा मसलासहित पकाएर तयार पारिने परिकारबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्तसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ।