केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने माओवादीको निर्णय

109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले यही साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठक अनलाइनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको सचिव दिननाथ शर्माले जानकारी दिनुभयो ।

यसअघि साउन २ देखि १० सम्म चलेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि प्रत्यक्ष प्रसारण गरिएको थियो । माओवादी सचिव शर्माले पार्टी लोकतान्त्रिक पद्धतिअनुसार चलाइनेसमेत बताउनुभयो ।