राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य : शेरबहादुर देउवा

181 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताउनुभएको छ ।

कांग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ नुवाकोटले आज काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएको बताउनुभएको हो ।

उहाँले मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो । सबैको सहमतिमा निर्माणमा बनेको संविधानलाई स्थायी रूप दिन यसमा भएका कमकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।