इमानदारिताबाट मात्र देशले सफलता प्राप्त गर्छ : माधव नेपाल

129 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले इमानदारिताबाट मात्र देशले सफलता प्राप्त गर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै नेताहरू बन्नुपर्ने जति इमानदार बन्न नसकेको बताए ।

आफूलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको उनले उल्लेख गरे । कुनै पनि कार्य गर्न इमानदारिता मुख्य कुरा रहेको भन्दै उनले सबै व्यक्ति आफूप्रति इमानदार हुनुपर्नेमा जोड दिए ।

संविधानमा थुप्रै अधिकारहरू उल्लेख्य भए पनि त्यो कार्यान्वयनमा कमी देखिएको उनले बताए ।