कोशी प्रदेशका सभामुखले दिए पदबाट राजीनामा

92 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनु भएको छ ।

उहाँले मंगलबार सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिनु भएको हो । उहाँले उपसभामुख सिर्जना दनुवारलाई आफ्नो राजीनामा बुझाउनु भएको हो । कोशी प्रदेशमा कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्य मन्त्री बनाउ र उहाँबको पक्षमा बहुमत जुटाउन सभामुख गौतमले राजीनामा दिनु भएको हो ।

थापाको नेतृत्वमा सरकार बनाउने केन्द्रीय सत्ता गठबन्धनले निर्णय गरेको छ ।