धादिङको गणेश खोला नजिकै तीन ट्रक एकापसमा ठोक्किँदा ३ जना घाइते

115 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गणेश खोला पुल नजिक तीन वटा ट्रक एकापसमा ठोक्किँदा ३ जना घाइते भएका छन् ।

गएराती काठमाडौंबाट धादिङको गजुरी जाँदै गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ट्रक र काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको अर्को ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा काठमाडौंतर्फ आउँदै गरेको ट्रक चालक कपिलबस्तुको वाणगंगा नगरपालिका ९ का ३५ वर्षीय बिमल थापा र सोही ट्रकका सहचालक २५ वर्षीय सुमन थारु घाइते भएका छन् ।

यस्तै भारतीय नम्बरको ट्रक चालक राजस्थानका ४७ वर्षीय गिरिराज प्रसाद शर्मा पनि घाइते भएको प्रहरीले जनाएको छ । शर्माको अवस्था गम्भीर रहेको र अन्य घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ ।

धाइते भएका ३ जनालाई नै उपचारका लागि काठमाडौं ल्याइएको छ । ठक्कर दिने ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि राती १ बजेसम्म सडक अवरुद्ध भएको र त्यसपछि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।