अधिवक्ता भगवती पाण्डे पक्राउ

297 पटक पढिएको

१७ श्रावण २०८०, बुधबार १७:५५ सम्पादक: धादिङ न्यूज

काठमाडौं। अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको डिएसपी अनिल अधिकारीले जानकारी दिए। शुक्रबार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको डिएसपी अधिकारीले बताए।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र  नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए।