दुई जना मन्त्री थपिएसँगै सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता

82 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिनुभएको छ ।

शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् ।

आन्तरिक मामिला मन्त्रीमा नियुक्त भएका भट्ट बैतडीको प्रदेशसभा ९२० बाट निर्वाचित हुनुभएको थियो भने चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ९२० बाट निर्वाचित हुनुभएको थियो ।

माघ २७ मा मुख्यमन्त्रीमा नियुक्त शाहले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिनुभएको हो ।