अधिवक्ता भगवती पाण्डे थुनामुक्त

155 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ । अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छन् । हिजो जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गरेर म्याद थपका लागी अदालतमा उपस्थित गराएको थियो । अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई ‘जिम्मा जमानी’मा थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एस पी कुमोध ढुंगेलले बताउनुभयो ।

पाण्डेले प्रमाण नष्ट गर्ने अवस्था नरहेको भन्दै अदालतले थुना बाहिर राखेर अनुसन्धान गर्न प्रहरीले आदेश गरेको छ । टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने विवादित अभिव्यक्ति दिएकी थिइन् ।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमार सिंह घिसिङ र नेपाल मगर सङ्घका ज्ञानेन्द्र पुनः ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । गत शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।