नाइजरमा रहेको दूतावास आंशिक बन्द गर्ने अमेरिकाको घोषणा

82 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । अमेरिकाले नाइजरमा रहेको दूतावास आंशिक बन्द गर्ने घोषणा गरेको छ । नाइजरमा गएको हप्ता भएको ‘कु’ पछि अमेरिकाले आफ्नो दूतावास आंशिक खाली गर्न आदेश दिएको बीबीसीले जनाएको छ ।

सयौँ विदेशी नागरिकलाई पहिले नै देशबाट बाहिर निकालिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमसँग हिजो कुराकानी गरी नाइजरमा लोकतान्त्रिक रूपमा निर्वाचित सरकारको पुनर्स्थापना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यसैबीच नाइजेरियाले नाइजरमा विद्युत् आपूर्ति बन्द गरेको छ । पश्चिम अफ्रिकी छिमेकी देशहरुले नाइजरमाथि प्रतिबन्ध लगाएपछि विद्युत् कटौती गरिएको नाइजेरियाको विद्युत् कम्पनीले जनाएको छ । नाइजर आफ्नो ७० प्रतिशत विद्युतका लागि नाइजेरियामा निर्भर छ ।