रवि लामिछानेले भोटको सस्तो राजनीति गरेका छन् : शंकर पोखरेल

159 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले भोटको सस्तो राजनीति गरेको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरुले भोटको सस्तो राजनीति गर्न खोजेको देखिएको हुँदा यस्तो कुरामा गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको १ सय दिन पुगेको अवसरमा बुधबार चितवनमा सुरु गरेको महिलाका लागि निःशुल्क ब्लु बस सञ्चालनबारे टिप्पणी गर्दै पोखरेलले समाज कता जाँदैछ भनेर प्रश्न समेत गर्नुभएको छ ।

सामाजिक विभेद अन्त्य गर्न विगतमा महत्वपूर्ण भूमिका खेलेको चितवनमा यो कदमले सकारात्मक सन्देश नदिने जिकिर गर्दै महासचिव पोखरेलले लेख्नुभएको छ,‘नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले गर्न खोजेको काममा रूपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर, स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो ।’