धादिङको गजुरी र थांक्रे सहित देशभरीका १६९ वटा पालिकालाई कारवाही गर्न सिफारिश

642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । धादिङको थांक्रे र गजुरी सहित देशभरीका १६९ वटा पालिकाहरुलाई कारबाही गर्न राष्ट्रिय किताबखाना (शिक्षक)ले सिफारिस गरेको छ ।
कितावखानाले तलबी प्रतिवेदन पास नगरी स्थायी शिक्षकहरुलाई तलब खुवाउने धादिङका दुई समेत गरी देशभरका १६९ वटा पालिकाहरुलाई कारबाही गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको हो ।

शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अन्र्तगत शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गर्ने गराउने भनेर उल्लेख गरिएको छ ।
सोही बमोजिम प्रत्येक पालिकाहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक)बाट पारित गरी तलव भत्ता भुक्तानी गर्नुपर्ने व्यवस्था भएपनि त्यस्को पालना नगर्ने पालिकाहरु कारवाहीमा परेको कितावखानाले जनाएको छ ।

शैक्षिक सत्र २०७९ मा तलवी प्रतिवेदन पारित नगरी तलब भत्ता भुक्तानी गर्ने १६९ पालिकाहरुको नाम समावेश गरी प्रचलित कानून बमोजिम आवश्यक कारवाहीको लागि मन्त्रालय पठाइएको कामु (उप महानिर्देशक)ले रामराज खकुरेलद्धारा हस्ताक्षर गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको पत्रमा उल्लेख गरिएको छ ।