माओवादी केन्द्रको केन्द्रीय कमिटीको आज तेस्रो दिनको बैठक जारी

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरू भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनाक बैठक सुरु भएको हो । गत बुधबारदेखि जारी बैठकमा पार्टी अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि बुधबार र बिहीबार गरी झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहेको छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता र रुपान्तरणमा जोड दिएका छन् । केन्द्रीय सदस्यहरुले पार्टीभित्र टाठाबाठा हावी भएका भन्दै आवाज उठाएका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा बैठकमा छलफल भइरहेका छन् ।केन्द्रीय सदस्यहरुले बोलिसकेपछि उनीहरुले उठाएका प्रश्नमा अध्यक्ष दाहालले जवाफ दिनुहुनेछ ।