पहिरोमा परेर दोलखामा तीन वर्षका बालकको मृत्यु

64 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पहिरोमा परेर दोलखामा तीन वर्षका बालकको मृत्यु भएको छ । पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् भने अरू तीनजना घाइते भएका छन् ।

गौरीशङ्कर गाउँपालिका–७ टोपाटारमा गए राति पहिरो खस्दा तीन वर्षीय प्रिन्स थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उहाँकी श्रीमती बेपत्ता भएका छन् । दुई जना घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत उपचारका लागि काठमाण्डौ ल्याइएको छ । एक जनाको भने दोलखामा नै उपचार भइरहेको छ ।

बेपत्ताको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले बताउनुभयो ।