सुन प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने रवि लामिछानेको भनाइ

178 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बतानुभएको छ ।

आज शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताउनुभएको हो । उहाँले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशिय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

सभापति लामिछानेले यी विषयहरुमा यतिका दिनसम्म अनुसन्धान हुन नसक्ने गम्भिर विषय भएको बताउनुभयो । उहाँले यस प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि बताउनुभयो ।

सभापति लामिछानेले भेपमा सुन तस्करी प्रकरणमा नेकपा९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत जोडिएको भएपनि प्रहरीले सामान्य सोधपुछ गर्न समेत आँट नदेखाएको बताउनु भयो । प्रहरीले मिडिया ट्रायल गरिरहेको उहाँको भनाई छ ।

सभापति लामिछानेले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई पनि छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीलाई छानबिन गरिएको तर मन्त्रिपरिषद्बाट नीतिगत निर्णय गराउने तत्कालिन प्रधानमन्त्रीहरुलाई छानबिन नगरिएको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई उन्मुक्ति दिने प्रावधान छ कि भन्ने प्रश्न गर्नुभयो ।

सभापति लामिछानेले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्नुपर्ने र ‘नो भोट’ को व्यवस्था पनि लागू गर्नुपर्ने बताउनुभयो ।