माओवादीमा पार्टी संगठन विस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दवाव

113 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेताहरुले पार्टीको संगठन विस्तार अभियानमा केन्द्रित हुन नेतृत्वलाई दवाव दिएका छन् ।

आज तेस्रो दिन पनि काठमाडौंमा जारी पार्टी केन्द्रिय समितिको बैठकमा बोल्दै नेताहरुले पार्टी संगठन विस्तार अभियानमा केन्द्रित हुन पार्टी नेतृत्वलाई दवाव दिएका हुन् ।

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर नेताहरुले पार्टीको संगठन विस्तारमा जोड दिन नेतृत्वलाई सुझाव दिएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । उहाँले बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरुले पार्टीको केन्द्रिय कमिटी भद्दा भएको उल्लेख गर्दै त्यसको आकार घटाउनुपर्ने आवश्यक्ता पनि औंल्याएको बताउनुभयो ।

आजको बैठकमा ६८ जना नेताहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए ।