नीलकण्ठ नगर प्रमुख भिमप्रसाद ढुंगानालाई पितृ शोक

628 पटक पढिएको

१९ श्रावण २०८०, शुक्रबार २१:०६ सम्पादक: धादिङ न्यूज

साउन १९- धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख एवम नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगानालाई पितृ शोक परेको छ । नगर प्रमुख भिमप्रसादका बुबा सोम प्रसाद ढुंगानाको १०७ बर्षको उमेरमा साउन १९ गते शुक्रवार निधन भएको हो । पूर्व प्रधानपञ्च समेत रहेका सोमप्रसाद धादिङका पुराना राजनैतिक कार्यकर्ता हुन ।
स्वर्गिय ढुंगानाको शुक्रवार नीलकण्ठ नगरपालिका वडा नम्बर ८ आँसी दोभान स्थित पशुपति घाटमा हिन्दु संस्कार अनुसार दाह संस्कार गरिएको छ ।

जिल्लाका पुराना राजनैतिक व्यक्तित्वको निधन प्रति विभिन्न राजनैतिक दल,राजनैतिक कार्यकर्ता, सामाजिक संघ संस्था,नागरिक समाज तथा व्यक्तिहरुले दिंवगत आत्माको चिर शान्तिको कामना गर्दै पितृ शोकमा पर्नु भएका नगर प्रमुख भिमप्रसाद लगायत शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना गर्दै गहिरो समवेदना व्यक्त गरेका छन् ।
धादिङ न्यूज डट कम परिवार पनि दिंवगत हुनुभएका सोमप्रसादको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समबेदना व्यक्त गर्दछ ।